NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

आयोजनाका सेवाहरु

प्रदान गरिएका सेवाहरू

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगर ले नगर क्षेत्रको जनस्वास्थ्य, सरसफाइ र जीवनस्तर सुधार गर्न आवश्यक खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी निम्न प्रमुख सेवाहरू प्रदान गर्दछ:

१. सुरक्षित खानेपानी आपूर्ति

नयाँ पम्पिङ स्टेसन, ओभरहेड ट्यांकी र पाइपलाइन विस्तारमार्फत घरदैलोमै भरपर्दो र नियमित रूपमा स्वच्छ पानी आपूर्ति गरिन्छ।

२. जल शुद्धिकरण सेवा

कच्चा पानीलाई शुद्ध पार्न अत्याधुनिक जल प्रशोधन केन्द्र स्थापना भइरहेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पुरा गर्ने पानी सुनिश्चित गर्दछ।

३. ढल र फोहोर पानी व्यवस्थापन

गृह र सामुदायिक ढललाई व्यवस्थित रूपमा प्रशोधन गर्न प्रशोधन कुण्ड र भवनहरू निर्माण गरिँदै छन्, जसले वातावरणीय स्वास्थ्यमा सकारात्मक असर पार्नेछ।

४. पूर्वाधार विकास

पानी आपूर्तिको पहुँच र क्षमता अभिवृद्धिका लागि नयाँ पाइपलाइन विस्तार, उत्पादन कुवा निर्माण तथा पुराना पम्पिङ स्टेसनहरूको पुनःनिर्माण गरिँदैछ।

५. शहरी सरसफाइ सुधार

खुल्ला दिसा, फोहोर पानीको निस्कासन कम गरी शहरी क्षेत्रमा सफाइ सुधार गरिन्छ, जसले पानीजन्य रोगहरूको न्यूनीकरणमा योगदान पुर्याउनेछ।

६. प्राविधिक र संस्थागत सशक्तिकरण

स्थानीय निकायसँगको सहकार्यमा प्राविधिक जनशक्ति विकास, नियमित मर्मतसम्भार योजना तथा दीगो सञ्चालन प्रणालीमा सुदृढीकरण गरिन्छ।