NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

आयोजनाको परिचय

आयोजना परिचय

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगर, नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग (Department of Water Supply and Sewerage Management - DoWSSM) को अधीनस्थ एक महत्वपूर्ण पूर्वाधार विकास आयोजना हो। यसको कार्यालय विराटनगर, मोरङमा अवस्थित छ भने कार्यक्षेत्र सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लामा फैलिएको छ।

आयोजना प्रमुख

नाम: सुरत लाल चौधरी
फोन: ०२१-४६३८८४
मोबाइल: ९८५२०६३८८४
ईमेल: fwssmp.biratnagar04@gmail.com

आयोजना उद्देश्य र कार्य

यस आयोजनाको उद्देश्य खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन प्रणालीको निर्माण, विस्तार तथा सुधार गर्नु हो। आयोजनाअन्तर्गत संचालनमा रहेका मुख्य कार्यहरू निम्नानुसार छन्:

साझेदारी र लगानी

अपेक्षित प्रभाव

परियोजनाले खानेपानी आपूर्तिमा गुणात्मक तथा परिमाणात्मक सुधार ल्याउने लक्ष्य राखेको छ। हालको आपूर्ति करिब ९,००० घनमिटर प्रति दिनबाट बढेर निर्माणपछि १५,००० घनमिटर प्रति दिन पुग्नेछ। लाभान्वित हुने जनसंख्या ५२,००० बाट करिब ९३,००० मा वृद्धि हुने अपेक्षा गरिएको छ। परियोजनाबाट विराटनगर महानगरपालिकाका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।

हालको प्रगति

आयोजनाको शिलान्यास २०८१ असार ७ गते सम्पन्न भएको हो। शिलान्यास कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्र राय तथा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीको उपस्थिति रहेको थियो। हाल परियोजनाका निर्माण कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् र सम्झौता अनुसारको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन भइरहेको छ।